मन के हो ?

December 25, 2024by ashtangayoga0
mind.jpg

मन के हो ?
जुन कुराको असर थाहा हुन्छ र त्यसको प्रतिक्रिया हुन्छ त्यो मन हो । मन एउटा त्यस्तो अनुभुति गराउने तत्व हो जसले ‘हामी’ ‘म’ भन्ने बोध गराउछ । मनको सक्रियतामा नै हामी क्रियाशिल हुन्छौ । मनवाट नै हामीलाइ धेरै कुराहरु थाहा हुन्छ ।
मन दुइ प्रकारको हुन्छ १. सतही मन चेतन मन २. गहन मन । कसैकसैले चेतन र अवचेतनमनको विचलाइ जोड्ने सेतुको रुपमा मनलाइ १. चेतन २. अर्धचेतनमन ३. अवचेतनमन गरी ३ भागमा बाडिएको समेत पाइन्छ । चेतनमनको सिधा सम्पर्क बाहिरी संसारसंग हुन्छ , जहा हामो्र पंचइन्द्रिय संगको तादाम्यता जोडिएको हुन्छ । हामो्र मन वातावरण, घर परिवार, संसार यी सवै विचको क्रिया, प्रतिक्रिया, चेतनमनको कार्यविधी अन्तर्गत पर्दछ । चेतन मनले सुन्छ, देख्ँछ, थाहा पाउछ, आदिआदि । अवचेतनमन भित्री मन हो जँहा हामो्र अनन्तको स्मृति, अपार शक्ति, प्रेम, आनन्द, ध्यान, शुन्यता रहेको हुन्छ । यी सवै जीवनका पुर्ण वा शुन्य कुराहरु हुन । अवचेतनमन मनको अर्को नाम हो अमन अर्थात् जहा मनको उपस्थिी हुन्न । अमन अर्थात् मन नभएको । मन नहुनु जीवनको महा चमत्कारिक अबस्था हो, जीवनको महान् उपलब्धि हो । मन हुनु हो एउटा वृत्त वा चक्रमा वाँधिएको गोरु जस्तै सकस, बोझपुर्ण जीन्दगी वाँच्नु हो । जवसम्म गोरुको गर्धनमा डोरी रहिरहन्छ, गोरु दास हुन्छ, जब उ डोरीवाट मुक्त हुन्छ उ मालिक हुन्छ ।
चेतन मन अर्थात् एउटा राग द्धेषको प्रतिक्रियात्मक मन विचार हो, विचार संसारवाट पैदा हुन्छ । केहि देख्दा विचार आयो, केहि छोइयो केहि विचार आयो, केही सुनियो विचार बन्यो, केहि खाइयो विचार बन्यो ….अनन्त विचारै विचार ।
अनन्त विचार भएपनि स्वभावको हिसावले ती विचार की त राग चित्त उत्पन्न गर्ने, कि त द्धेष चित्त गराउने प्रकारका हुन्छन् । कि त भोली गरिने कामको वारेमा हुन्छन् कि त हिजो विगतमा गरेका कामहरुको वारे सोचिएका हुन्छन् । यसरी कि मन भविष्यमा दौडन्छ कि त भुतमा अड्कन्छ, तर वर्तमान क्षणमा कहिल्यै हुदैन् । कि त मनले रागै राग बनाउछ, कि त द्धेषै द्धेष बनाउछ । तर उ कदापि तृष्णा वाट मुक्त हुदैन । उ जोड्ने कि त छोड्ने इच्छामा हुन्छ । इच्छा र कामना मुक्त नभइ उ इच्छा नै इच्छाको जालोमा हुन्छ । इच्छा रहेसम्म मन मालिक र मानिस दास भइरहन्छ । इच्छा रहेसम्म हामो्र हरेक काम योग बन्न सक्तैन, जीवन दुख बन्दछ जीवन पिडादायक बन्दछ ।

मनको स्वभाव स्
हामीलाई लाग्छ किन मेरो मन चंचल भइरहेकोछ ? किन मेरो मन अस्थिर छ ? किनभने यो मनको स्वभाव हो । यो चंचल हुन्छ, यो गतिशील हुन्छ, अस्थिर हुन्छ । जसको कारण आकुलता, व्याकुलता, पिडा उत्पन्न हुन्छ । जसरी स्थिर शान्त तलाउमा भएको पानीमा सवै कुरा पारदर्शी हुन्छ, बस् त्यस्तै मन शान्त भए यसले आफ्नो चंचलता अस्थिरता नष्ट गरेको अवस्थामा मन अमन हुन्छ, शान्त हुन्छ, तथा भुत भविष्य देख्न सक्ने क्षमतावान हुन्छ ।

मन समस्या हो या होइन ?
मन चंचल, अस्थिर हुनु यसको स्वभाव हो यसको प्रकृती हो तर यो आफैमा समस्या होइन, समस्या त केवल अज्ञान हो । ज्ञान सवै थाहा हुनु हो । अज्ञान केही थाहा नहुुनु हो । अज्ञान वास्तवमा समस्या हो जसले सही गलत के हो ? राम्रो नराम्रो के हो छुट्याउन सत्तैmन । मनलाइ नै मालिक सम्झनु वा मनको वहकावमा लागेर जुन कुरा परिवर्तनशील छ, त्यसलाई अपरिवर्तनशील मान्नु त्यो गलत हो । अर्को शब्दमा अस्थाई लाई स्थाई मान्नु ठुलो समस्या हो जसरी एक सेकेण्ड अगाडिको नदीको पानी र एक सेकेण्ड पछाडीको पानी त्यही हुदैन, त्यस्तै मनको परिवर्तन पानीको वदलाब भन्दा पनि लाखौ गुणा छिटो हुने कुरा वैज्ञानिकहरु बताउछन् । जुन कुरा योगीहरुले हज्जारौ वर्ष अगाडी ध्यानद्धारा अनुभुत गरिसकेका थिए ।

जस्तो मन त्यस्तै जीवन
मन एउटा एैना हो । तपाई जस्तो रुपरंगको हुनुहुन्छ एैनाले त्यस्तै देखाईदिन्छ । मनमा हरेक कर्म बन्धन, संस्कार गएर टासिन्छ । मन त्यस्तै बन्छ जस्तो कुरा यसमा टाँसिन्छ । संसार कुरुप लाग्छ, यदि मनमा गएर घृणा टाँसिएको छ भने, संसार सुन्दर लाग्छ यसमा प्रेम गएर जोडिएको छ भने । तसर्थ आम मानिसको नजर दृष्टि शुद्ध हुन सत्तैmन, किनकी उनिहरुको दृष्टि राग र द्धेषमा लिप्त रहेको कारणले । यस कारण संसार मनको प्रतिबिम्व मात्र हो । वा मन नै संसार हो । मन दुई भाव (रामो्र(नरामो्र) बाट मुक्त नभएसम्म संसार दुखमय नै हुन्छ ।

के मनलाई नियन्त्रण जरुरी छ ?
मनलाई नियन्त्रण गर्ने काम मुर्खहरुको हो । मुर्ख पण्डित झुटा बा्रह्मण मनलाई नियन्त्रण, दमन गर्ने सल्लाह दिन्छन् । मनको के दोष , मन नादान छ । जसको फुलको काम सुन्दरता र सुवासना हो । काँडाको काम तिखो र वेहोस भएको मान्छेलाई घोच्ने । त्यस्तै मन, यो स्वभावैले भट्किने, दौडिने, अस्थिर छ । यसलाई होईन आफ्नै श्वासलाई हेर्न सके, संवेदना बुझ्न सके, महसुस् गर्न, अनित्य सत्यको ज्ञान हासिल गर्न सके मन मर्दछ । अर्थात चित्त वृत्तीको निरोध हुन्छ ।

मनको क्रान्ति अर्थात स्वंवोध
हाम्रो असंख्य समस्याको एउटै संवोधन हो(स्वयंको बारेमा जान्नु,स्वयंलाई बुझ्नु । अरुले भनेको होइन , सुनेको आधारमा पनि होइन, आफ्नै अनुभबबाट म के हो ? म कँहा छु ? म कता छु ? भनेर बुझ्नु स्वबोध हो । स्वबोध एउटा त्यस्तो घटना हो जसले सृष्टि र आफ्नो बिचको दिवार टुटाइदिन्छ ।
जब म “म” लाइ खोज्छु फेरि खोज्छु म कहि कतै हुन्न न म नाकमा छु । न म आँखामा , न शब्दमा , न मुटुमा । एउटा प्याज फै ,हरेक पत्ता झिक्दै झिक्दै जादा अन्त्यमा प्याज भन्ने चिज नै रहदैन बस् मेरो अस्तित्व पनि एक प्याज झै शुन्य खालि हो, केवल खाली ।
जब अष्ट्रबक्रको धर्म देशनाबाट राजर्षी जनकको आखा उघ्रन्छ,ज्ञान खुल्दछ ,एक प्रकारको उनमा स्वंबोधको घटना घछ्छ उनले गुरु अष्टबक्रलाइ नमस्कार नगर्री मेरो मलाइ नमणः भने । यसको अर्थ धेरै गहिरो थियो किनकी अब उनको चित्तमा तिमी र ,म भन्ने दुइ कोहि बाँकि थिएन । सबै एक ,सबै समान । एको बह्मो दृतियो नास्ति भने झै ।

स्वंयमा एकाकार योग
मनिसको चेतना र विराट चेतनाको बिचमा छ त केवल हाम्रो अहं । अहं नै हामीलाइ ब्रमाण्डिय चेतनामा एकाकार हुनबाट रोक्ने तत्व हो । अहंलाइ चलाएर नियन्त्रण गरेर हामी अगाडि बढ्न सतैmनौ जसको लागि स्वयंलाई बदल्नु पर्दछ । स्वयंलाई बदल्नु भनेको स्वजागरण हो । स्वजागरण पश्चात सबै मनका द्धन्द, संघर्ष, प्रश्नहरु समाप्त हुन्छन । विल्कुल हामी शुद्ध रुपमा हुन्छौ । हामो्र दृष्टि शैली, कर्म सबै क्लेष रहित योगमय बन्दछ । हामो्र जीवनमा ईन्दे्रणी छाउन थाल्दछ, हामी रंगीन बन्दछौ, तव हामो्र लागि संसारका हरेक कुराहरु कामहरु, मानिसहरु बेकारका लाग्दैनन् । हामी सबैको अर्थ र गरिमा बुझ्दछौ । हामी भित्र शान्ति हुन्छ, हामी प्रेम बाँड्दछौ ।
‘स्व’ को अर्थ स्वयं ‘म’ भन्ने हो । स्वयंको एउटा जालो हुन्छ ,एउटा फैलावट हुन्छ । उसले एउटा मानसिक संसार बनाएको हुन्छ, यी सबै लोभ, भय, आशा, तृष्णाबाट प्रेरित हुन्छन । यसैको अन्त्यमा हामी योगमय बन्दछौ । हामी महान् आनन्द र शान्तिमा लयबद्ध हुन्छौ । यो नै जीवनको सबैभन्दा ठुलो क्रान्ति हो ।

-Yogi Yam Rupak


Leave a Reply

Your email address will not be published. Required fields are marked *